Shepherds Global Classroom

Shepherds Global Classroom (SGC) को लागि दर्शन २०१२ मा अन्तर-संस्कृतिहरूका समान विचारधारा भएका प्रशिक्षकहरूको सानो समूहबाट सुरु भएको थियो जसले संसारको सबैभन्दा कम सेवा प्राप्त र कम प्रशिक्षित पास्टरहरूको लागि बोझ साझा गर्छन्। परमेश्वरको आशिष र अनुग्रहको साथ, हामीले आदिवासी, अनौपचारिक बाइबल स्कूल र सेमिनरीहरूको गुणात्मक वृद्धिको लागि एक अद्वितीय पाठ्यक्रम विकास गरेका छौं।

हाम्रो स्थापनाको कथा

अप्रिल २०१२ मा, म अन्य मिशनरी प्रशिक्षकहरूसँग पूर्व अफ्रिकामा यात्रा गर्दै थिएँ र साना गाउँहरूमा पास्टर र साधारण विश्वासीहरूको विविध समूहलाई सिकाउँदै थिएँ। प्रत्येक ठाउँमा, पास्टर र ख्रीष्टियन अगुवाहरु आँपको रूखको छायाँ, तत्काल बनाएको आश्रय वा पालमुनि भेला हुन्थे। यो सेवकाईको एक अद्भुत समय थियो। ईश्वरशास्त्रीय तालिममा लगभग कुनै पहुँच नभएका यी पुरुष र महिलाहरू उत्सुक विद्यार्थी थिए। म प्रायः तिनीहरूको आत्मिक गहिराइ र अन्तर्दृष्टि देखेर छक्क पर्थें, तर तिनीहरुको स्रोतहरूको अभावमा पनि दुःखी हुन्थें। हामीले सिकाउँदै गर्दा, यो स्पष्ट भयो कि हामीले तालिम दिइरहेका केही पास्टर र अगुवाहरूसँग हृदय, क्षमता र सिकाउनको लागि वरदान थियो। तिनीहरूलाई हामीले सिकाउन आवश्यक थिएन। तिनीहरूले सिकाउनको लागि सुसज्जित गर्न हाम्रो आवश्यकता थियो।

एक सुन्दर बिहानी मोजाम्बिकको एउटा गाउँमा, म अगाडि बाइबल खोलेर एउटा पुरानो मिसन धरको बरन्डामा बसेको थिएँ। हिन्द महासागरबाट आएको नुनिलो हावा नरिवलको रूखको पातहरूबाट बिस्तारै सरसराहतमा गईरहेको थियो, जबकि एक किसानले नजिकै आफ्नो भुईंकटरको बगैंचामा खेती गरिरहेका थियो। मैले पढिरहेको पढ यूहन्ना १३ थियो। पढ्दै जाँदा, येशूले आफ्ना चेलाहरूको खुट्टा धुनुभएको कथाको एउटा वाक्यांशले मलाई विशेष प्रभाव पार्यो। “के तिमीहरू जान्‍दछौ, मैलेका निम्‍ति के गरें?…” किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्‍ति गरें, तिमीहरूले पनि त्‍यसै गर (यूहन्ना १३:१२, १५, NNRV, मेरो जोड)।

मैले यस शब्द र विगतका दिनहरूका घटनाहरू, यी पुरुषहरु र महिलाहरूलाई मैले सिकाउन पाएको अवसर , र ख्रीष्टियन अगुवाहरूलाई सुसज्जित पार्न परमेश्वरले मलाई दिनुभएको तीव्र इच्छाको बारेमा सोचें। हामीले येशूका चेलाहरूलाई तिनीहरूलाई र तिनीहरूको सन्दर्भ अनुरूप तालिमको स्रोत प्रदान गरेर सबैभन्दा राम्रो सेवा गर्न सक्छौं भन्ने विचार मलाई आयो। यदि हामीसँग एउटा तालिम पाठ्यक्रम छ जुन ईश्वरशास्त्रिय रूपमा मजबूत छ – तर सरल, स्पष्ट र संक्षिप्त छ – यी पास्टरहरूको हातमा दिदा हे हुन्छ? मैले सोचें ।

त्यो बिहान, पवित्र आत्माले भन्दै गरेको मैले महसुस गरें कि यदि हामीले ख्रीष्टको शरीरको खातिर यो आवश्यक स्रोत विकास गर्ने तरिका खोज्यौं भने – उहाँको विविध शरीरको सेवाको रूपमा – उहाँले प्रयासलाई सफल पार्नुहुनेछ।

अर्को केही महिनाहरूमा, परमेश्वरले यो बोलावटलाई पुष्टि गर्नुभयो र काम सुरु गर्न योग्य, समर्पित अन्तर-सांस्कृतिक प्रशिक्षकहरू र शिक्षकहरूको टोलीलाई ईश्वरीय रूपमा एकसाथ ल्याउनुभयो। लगभग एक वर्ष भित्र वा यो नाम कारण नभएको दर्शन Shepherds Global Classroom को रूपमा चिनिन थाल्यो।

२०१२ मा पहिलो सानो बीउ रोपे देखि, २० वटा आधारभूत अंग्रेजी पाठश्रृङ्खलाहरू र असंख्य अनुवादहरूमा लाखौं डलर लगानी गरिएको छ। यी पाठश्रृङ्खलाहरूले संसारभरिका अगुवाहरूलाई हजारौं पुरुष र महिलाहरूलाई फसलको लागि तालिम दिन सुसज्जित गरिरहेका छन्।

—Tim Keep, SGC को संस्थापक र अध्यक्ष

हामी किन अस्तित्वमा छौं

हाम्रो दक्षिण अफ्रिकी मित्रहरू Re-forma मा विश्वास विश्वास गर्नछन् कि “आजको सुसमाचार सुनाउने, विश्वव्यापी मण्डलीको सबैभन्दा ठूलो संकट यो हो कि अधिकांश पास्टरहरु, मिशनरीहरु, र ख्रीष्टियन अगुवाहरु कम प्रशिक्षित छन् या कुनै तालिम नै प्राप्त गरेका छैनन्।”

Ramesh Richard ले भने अनुसार, “यी पास्टरहरूमा ईश्वरशास्त्रीय विवेकको कमि, बाइबलीय आत्मिकताको बलियो आधार र विश्वासयोग्य, गहिरो र आकर्षक तरिकामा परमेश्वरको वचनलाई सञ्चार गर्ने प्रचार विधिको अभाव छ।”

SGC अस्तित्वमा छ किनभने संसारभरिका धेरैजसो मण्डलीहरु इश्वरशास्त्र वा सेवकाईमा औपचारिक शिक्षा नभएका मानिसहरूद्वारा नेतृत्व गरिएको छ। धेरै पास्टरहरू आफ्नो हेरचाहमा रहेका विश्वासीहरूलाई व्यवस्थित चेलापन र सैद्धान्तिक तालिम प्रदान गर्न असमर्थ छन्। यस कारणले गर्दा, मण्डलीहरू सबै प्रकारका छलकपटको लागि संवेदनशील हुन्छन् र अविश्वासीहरूलाई सेवा गर्न तयार हुँदैनन्। मण्डलीका अगुवाहरूलाई तालिम दिनुपर्छ!

David Livermore लेख्छन्, “संसारभरि मण्डलीको विस्तारित वृद्धिले ईश्वरशास्त्रीय रुपमा सुसज्जित पास्टरहरू र मण्डलीको अगुवाहरूको अभाव उत्पन्न भईरहेको छ।”

  • संसारमा लगभग २२ लाख सुसमचारिय मण्डलीहरू छन्।
  • 85% पुरुष र महिलाहरूले नेतृत्व गर्छन् जो सँग कुनै इश्वरशास्त्रीय तालिम छैन।
  • वृद्धि भइरहेको मण्डलीको हेरचाह गर्न दैनिक ७,००० नयाँ मण्डलीको अगुवाहरूको आवश्यकता छ।
  • यदि संसारका प्रत्येक ख्रीष्टियन तालिम संस्थाले 120% क्षमतामा सञ्चालन गरे भने पनि, 10% भन्दा सुसज्जित नभएको अगुवाहरुले तालिम पाउनेछन्।

स्पस्ट रुपमा, Livermore ले भने अनुसार, “विश्वव्यापी मण्डलीलाई ईश्वरशास्त्रीय र अगुवापन तालिमको साथ सेवा गर्न मजबुत आवश्यक छ।” मण्डलीले सबै ठाउँमा मण्डलीका अगुवाहरूको लागि अनौपचारिक र गैर-औपचारिक तालिम कार्यक्रमहरू विकास गरेर तालिमको अवसरहरू गुणात्मक वृद्धि गर्नुपर्छ। SGC ले यो सम्भव बनाउँछ।

SGC का अध्यक्ष Tim Keep सँग जाम्बिया र युगाण्डामा यात्रा गरेर पछि, Asbury Theological Seminary का Dr. Tom McCall ले लेख्छन्:

“संसारको धेरै भागमा, ईसाई धर्म बाँचिरहेको मात्र छैन, तर वास्तवमा बढ्दै र फस्टाउँदैछ। यद्यपि, धेरै ठाउँहरूमा, बाइबलीय र ईश्वरशास्त्रीय तालिमको गहिरो आवश्यकता छ। पास्टरहरू र मण्डलीका अगुवाहरू यसको लागि भोका छन्; तिनीहरू सिक्न उत्सुक र प्रेरित छन्। तर तिनीहरूसँग स्रोतको कमी छ, र फलस्वरूप मण्डलीको स्वास्थ्यमा असर पर्छ। Shepherds Global Classroom ले बाइबलीय, परम्परागत र पहुँचयोग्य धेरै आवश्यक स्रोतहरू प्रदान गर्न महत्त्वपूर्ण कदम चालिरहेको छ। मैले प्रत्यक्ष रूपमा देखेको छु सामग्रीहरू कसरी प्रयोग गरिँदैछ—विश्वविद्यालय र शरणार्थी शिविरहरु जस्तो विभिन्न सन्दर्भहरूमा— र मलाई कुनै शंका छैन कि Shepherds Global Classroom ले संसारभरि परमेश्वरको जनको लागि ठूलो आशिष् हुनेछ।”

SGC को मिसन

हामी संसारभरिका उदीयमान ख्रीष्टियन अगुवाहरूको लागि पाठ्यक्रम प्रदान गरेर ख्रीष्टको शरीरलाई सुसज्जित गर्न अस्तित्वमा छौं।

SGC को दर्शन

हामी घरहरू, पवित्रस्थानहरू, क्याफेहरू, र रूखको छहारीहरू पनि स्थानीय रूपमा शासित, स्थानीय रूपमा संरचित, र स्थानीय आर्थिकमा चल्ने ईश्वरशास्त्रीय कक्षाहरू हुने कल्पना गर्छौं जहाँ सेवा नपाएका ख्रीष्टियन अगुवाहरूलाई चेलापन गरिन्छ र फसलको लागि पठाइन्छ।

SGC को पाठ्यक्रम

हाम्रो पाठ्यक्रमले बाइबलीय, परम्परागत शिक्षा र सुसमाचारिय एकताको हृदयलाई प्रतिबिम्बित गर्दछ। नि:शुल्क २०-पाठश्रृङ्खलाको पाठ्यक्रम ३० भन्दा बढी प्रमुख भाषाहरूमा उपलब्ध गराइँदैछ। हाम्रो नारा हो:
ख्रीष्ट-केन्द्रित। तालिम। सबैतिर।

वृद्धि र सहकार्य

SGC ले संसारभरि गैर-औपचारिक तालिम कार्यक्रमहरू सुरु गर्न धेरै सुसमचारिय सम्प्रदायहरू (Baptist, Pentecostal, Presbyterian, Methodist, र अरु धेरै) का पास्टर-प्रशिक्षकहरूलाई सुसज्जित गर्दैछ। यस वेबपेज र हाम्रो मोबाइल एप मार्फत, १०० भन्दा बढी देशहरूमा हजारौं प्रशिक्षकहरू र विद्यार्थीहरूले SGC पाठ्यक्रममा पहुँच गरिरहेका छन्।

हामी मिशन संगठनहरू र समान विचार भएका तालिम सेवकाईहरूको विस्तृत दायरासँग सहकार्य गर्छौं। (कृपया हाम्रो साझेदार सेवकाईहरू को पृष्ठमा पूर्ण सूचीको लागि हेर्नुहोस्।) हामी विश्वभरिका मण्डलीहरू र संगठनहरूसँग (ठुला र साना) नि:शुल्क छाप्दै र वितरण गर्दै सम्झौतामा चाँडै हस्ताक्षर गर्छौं। जबकि जसले पनि नि:शुल्क SGC को पाठश्रृङ्खलाहरू डाउनलोड गर्न र छाप्न सक्छन्, हामी समूहको लागि पाठश्रृङ्खलाहरू छाप्न र वितरण गर्न योजना बनाउने पास्टर-प्रशिक्षकहरूसँग एक सम्झौतामा (MOU) सिर्जना गर्न प्राथमिकता दिन्छौं, किनभने यसले हामीलाई प्रशिक्षकहरूलाई सहयोग गर्न, वृद्धि ट्र्याक गर्न र कथाहरू साझा गर्न अनुमति दिन्छ।

SGC पाठ्यक्रम र यो किन भिन्न छ

Shepherds Global Classroom को हृदयमा हाम्रो अद्वितीय पाठ्यक्रमछ—एक ईश्वरशास्त्रीय पाठ्यक्रम जुन ख्रीष्ट-केन्द्रित छ र विभिन्न सन्दर्भहरूमा अनुकूलनीय छ; एक पाठ्यक्रम जसले तालिमलाई पुनरुत्पादन बनाउँछ। हामी महसुस गर्छौं कि त्यहाँ धेरै महान सेवकाईहरूले कम सेवा प्राप्त पास्टरहरू र अगुवाहरूको लागि पाठ्यक्रम उत्पादन गरिरहेका छन्, तर हामी यो पनि निश्चित छौं कि SGC को पाठ्यक्रम अद्वितीय छ:

  1. कसरी यो लेखिएको कारणले गर्दा। SGC को पाठ्यक्रम विस्तृत छ तर स्पष्ट र सरल भाषामा लेखिएको छ। प्रत्येक पाठश्रृङ्खला प्रमाणित, अनुभवी, अन्तर-सांस्कृतिक अगुवाहरू र परमेश्वरको वचनको लागि जोश भएका प्रशिक्षकहरूद्वारा विकसित गरिएको हो। अन्य कुनै पाठ्यपुस्तकहरू आवश्यक पर्दैन, र परीक्षण र प्रश्नउत्तरहरू प्रदान गरिन्छ। पाठश्रृङ्खलाहरू चित्रणहरु, कथाहरू, उद्धरणहरू, चरित्र रेखाचित्रहरू, छलफलका प्रश्नहरू, नक्साहरु, चार्टहरू, र समयरेखाहरूले भरिएका छन्। प्रत्येक पाठश्रृङ्खला सेवामा रहेका मानिसहरूको लागि व्यावहारिक प्रयोगमा केन्द्रित गरिएको छ।
  2. यसले प्रदान गर्ने कारणले गर्दा। SGC पाठ्यक्रमले २-३ वर्षको बलियो तालिम कार्यक्रमको लागि, बाइबलीय ईश्वरशास्त्रको विस्तृत दायरालाई समेट्ने २० वटा आधारभूत, १५-हप्ताका पाठ्यक्रमहरू प्रदान गर्दछ। हामी तालिम दिने संस्था होइनौं, तर हामी उत्कृष्ट तालिम औजारहरू प्रदान गर्दछौं ताकि अनौपचारिक र गैर-औपचारिक तालिम संस्थाहरू स्थापना गर्न सकिन्छ जहाँ तालिमहरू अझै अवस्थित छैनन्। यस पाठ्यक्रमको साथ, कक्षाहरू कुनै पनि सन्दर्भमा मिल्नको लागि संरचित गर्न सकिन्छ।
  3. किनभने पाठ्यक्रमहरू अनुवाद भइरहेका छन् ३० भन्दा बढी भाषाहरूमा। हाम्रो पाठ्यक्रमको अनुवाद संसारको केहि सबैभन्दा ठूलो जनसंख्याको प्रतिनिधित्व गर्ने भाषाहरूबाट सुरु भयो। सबै २० SGC को पाठश्रृङ्खलाहरू पहिले नै अंग्रेजी, मन्डारिन, स्पेनिश, अरबी, फ्रान्सेली र रूसी भाषामा उपलब्ध छन्। अन्य धेरै भाषाहरूमा पाठ्यक्रम अनुवाद जारी छ। ( सबै अनुवादहरूहेर्नुहोस्।)
  4. कसको सेवा गर्छ भन्ने कारणले गर्दा। SGC को पाठ्यक्रमले सम्प्रदायिक विशिष्टता बिना सुसमचारिय सत्यतालाई जोड दिएर जताततै ख्रीष्टको विविध शरीरको सेवा गर्दछ। SGC ले ईश्वरशास्त्रीय तालिमको दृष्टिकोणमा सुसमचारिय एकता खोज्छ। हामी प्रसिद्ध भनाइलाई प्रबर्धन गर्छौं, “अत्यावश्यक एकतामा, गैर-अत्यावश्यक कुराहरूमा स्वतन्त्रता, र सबै कुराहरूमा परोपकार।”
  5. कसलाई सुसज्जित गर्छ भन्ने कारणले गर्दा। SGC को पाठ्यक्रमले ईश्वरशास्त्रीय तालिमको गुणात्मक वृद्धिलाई सम्भव बनाउँछ। SGC स्थानीय ख्रीष्टियन अगुवाहरू, पास्टरहरू, र मिशनरीहरूलाई प्रशिक्षकको रूपमा सुसज्जित गर्दछ, जसले आफ्नै तालिम कार्यक्रमहरू स्थापना गर्छन्। यी कार्यक्रमहरूमा, ख्रीष्टियन अगुवाहरूलाई पास्टरहरु, शिक्षकहरु, र अभिषिक्त एल्डरको रूपमा तयार हुन्छन्।
  6. किनभने यो नि:शुल्क छ! SGC ले यहाँ र हाम्रा मोबाइल एपमा संसारभरिका प्रशिक्षकहरूलाई सबै पाठ्यक्रम डिजिटल स्वरूपमा नि:शुल्क प्रदान गदर्छ।
  7. किनभने हामी छाप्न र वितरण गर्न अनुमति दिन्छौं। SGC को पाठश्रृङ्खलाहरू छाप्न र डिजिटल ढाँचामा स्वतन्त्र रूपमा प्रतिलिपि गर्न र वितरण गर्न सकिन्छ तर कुनै पनि तरिकाले परिवर्तन गर्न वा नाफाको लागि बेच्न सकिँदैन (यद्यपि छपाई लागत लाग्न सक्छ)। शैक्षिक संस्थाहरूले ट्यूशन शुल्क लिए पनि SGC को पाठश्रृङ्खलाहरू प्रयोग गर्न सक्छन्।

गवाहीहरु

जाम्बिया

जाम्बियाका पास्टर-प्रशिक्षक, Allegri Parmigren ले Mayukwayukwa बाट लेख्छन्, अफ्रिकाको सबैभन्दा पुरानो शरणार्थी शिविर, जहाँ उनले पहिले नै दोस्रो तालिम केन्द्र सुरु गरिसकेका छन्, “परमेश्वरले यी पाठश्रृङ्खलाहरू अद्भुत कुराहरू गर्न प्रयोग गर्दै हुनुहुन्छ। मानिसहरू परिवर्तन र रूपान्तरण भइरहेका छन्। तिनीहरूमध्ये केहीले पहिले अभ्यास गरेका केही पापी अभ्यासहरू पनि त्यागेका छन्, यहाँसम्म कि तिनीहरू सार्वजनिक रूपमा स्वीकार गर्न र पश्चात्ताप गर्न पनि लज्जित छैनन्… मैले अगुवाहरूमा यस्तो कहिल्यै देखेको छैन।”

Papua New Guinea (पापू न्यू गिनिया)

पापू न्यू गिनियामा, पास्टर Roger, करिब चालीस वर्ष उमेरका एक ख्रीष्टियन भाइ, Shepherds Global Classroom लागि आफ्नो गहिरो प्रशंसा साझा गरे। “SGC ले मेरो जीवन परिवर्तन गरिदियो। तपाईंको सेवकाईको लागि धन्यवाद।” Roger ले अझै व्याख्या गरे कि उनले धेरै वर्षदेखि पास्टरिय सेवा गर्दै आए पनि, उनले कहिल्यै बाइबल कलेजमा जाने अवसर पाएनन्। त्यसपछि, दुई वा तीन वर्ष पहिले जब मिसनरी Shirley ले SGC पाठ्यक्रम प्रयोग गरेर कक्षाहरूको लागि बोलाए, Roger उत्सुकतापूर्वक भर्ना भए। “हरेक शनिबार, म समूहसँग अध्ययन गर्न मेरो गाउँबाट एकतर्फी चार घण्टा यात्रा गर्थें,” उनले भने। “मैले १५ वटा SGC को पाठश्रृङ्खलाहरू पहिले नै पूरा गरिसकेको छु, र यी पाठश्रृङ्खलाहरूले मलाई धेरै कुरा सिकाएका छ। शिक्षाले मेरो जीवन परिवर्तन गरेको छ!”

मेक्सिको

मेक्सिकोबाट, मिसनरी Brennan Muir लेख्छन्, “SGC ले हामीलाई Seminario Bíblico Esdras सुरु गर्न मद्दत गर्न महत्वपूर्ण भूमिका खेलेको थियो। २०१९ देखि, पास्टरहरू, मण्डलीका अगुवाहरू, सिकारु व्यक्तिहरू र व्यावसायिकहरु सहभागीहरू समावेश छन्। हामी केवल केही विद्यार्थीहरूबाट ६० भन्दा बढीमा बढर्दै जादा, हामीले ख्रीष्टको चेला बनाउनको लागि SGC को मूल्य मान्यता देखेका छौं, चाहे कसैको शिक्षाको स्तर जस्तोसुकै होस्।” Esdras ले धेरै मध्य अमेरिकी देशहरूको विद्यार्थीहरूलाई तालिम दिइरहेको छ।

केन्या

२०१७ मा, केन्याका पास्टर Silas ले हाम्रा पाठश्रृङ्खलाहरू अनलाइनमा पत्ता लगाए र प्रत्येक हप्ता अगुवाहरूको समूहलाई तालिम दिन थाले। यो तालिम कार्यक्रम जारी रहँदा, प्रशिक्षकहरूलाई मलावी, मोजाम्बिक, अंगोला, दक्षिण सुडान, जाम्बिया, युगान्डा र तान्जानिया लगायत वरपरका पूर्वी अफ्रिकी देशहरूमा पठाइएको थियो।

युगान्डा

Eli Fader, युगान्डाका मिसनरी भन्छन्, “अहिले पास्टरिय तालिमको लागि उत्तरी युगान्डा एक रणनीतिक स्थान हो। यस क्षेत्रका धेरै पास्टरहरूले परमेश्वरको वचन अध्ययन गर्ने अवसर पाएका थिएनन्, तर पनि तिनीहरूले विश्वासयोग्यका साथ आफ्ना विश्वासी समुदायहरूको सेवा गर्छन्।” Eli र उनकी श्रीमती Bethany ले दक्षिण सुडानीहरूले आफ्नो युद्धग्रस्त देशबाट भागेका शरणार्थी शिविरहरूमा सेवा गर्छन्। तिनीहरूले SGC प्रयोग गरेर ५० जना मण्डलीका अगुवाहरूलाई तालिम दिइरहेका छन् जो प्रत्येक हप्ता आफ्नै मण्डलीमा फर्केर आफूले सिकेका कुराहरू सिकाउँछन्।