SGC को प्रयोग गर्न म कसरी सुरु गर्न सक्छु?

Learn how to use Shepherds Global Classroom resources

१. पास्टर/ख्रीष्टियन अगुवा तालिम (गैर-औपचारिक)

लागि: मिशनरीहरू र सेवकाई अगुवाहरुको लागि जसले पास्टरहरू र ख्रीष्टियन अगुवाहरूलाई तालिम दिन्छन्

SGC मिशनरीहरू र सेवकाई अगुवाहरुको लागि उत्कृष्ट स्रोत हो जसले पास्टरहरू र ख्रीष्टियन अगुवाहरूलाई तालिम दिन्छन्। यस पाठ्यक्रम प्रयोग गरेर स्थानीय रूपमा शासित र दिगो ईश्वरशास्त्रीय तालिम कार्यक्रमहरू जहाँसुकै पनि सुरु गर्न सकिन्छ। SGC ले गैर-औपचारिक तालिम कार्यक्रमहरू सुरु गर्न चाहनेहरूका लागि अनलाइन कोचिङ प्रदान गर्दछ। स्वीकृत कार्यक्रमहरू मार्फत, SGC ले समापनको प्रमाणपत्र पनि प्रदान गर्दछ। पाठश्रृङ्खलाहरू नि:शुल्क पहुँच हुनेछ/डाउनलोड गर्न सकिनेछ र स्थानीय रूपमा छापिन्छ।

२. परम्परागत शिक्षा (औपचारिक)

लागि: अवस्थित बाइबल क्याम्पसहरू, संस्थाहरू, सेमिनारहरू र ख्रीष्टियन विश्वविद्यालयहरूको लागि

SGC पाठश्रृङ्खलाहरू प्रयोग-गर्न-तयारी पाठ्यपुस्तकहरू हुन् जुन अवस्थित संस्थाहरूको लागि प्राथमिक वा पूरक पाठ्यक्रमको लागि उपयुक्त छन्। केन्याको Africa Renewal University in Kenya, फिलिपिन्सको Shepherds College, र ITEE Global जस्ता संस्थाहरूले औपचारिक शिक्षा सेटिङमा SGC को पाठ्यक्रम प्रयोग गर्छन्।

३. सानो समूह/बाइबल अध्ययन (अनौपचारिक)

लागि: चेलापनको समूहहरू, आइतबार स्कूलहरू, र विद्यार्थीको सेवकाईहरूको लागि

स्थानीय मण्डलीको लागि SGC एक ठुलो स्रोत हो। धेरै मण्डलीहरूले साना समूहहरू वा बाइबल अध्ययनहरूको लागि SGC को पाठ्यक्रम प्रयोग गर्छन्। पाठश्रृङ्खलाहरू नि:शुल्क अनलाइन पहुँच गर्न सकिन्छ, र छापिएका प्रतिलिपिहरू अमेरिका भित्र किन्न र पठाउन सकिन्छ। सबै आम्दानी संसारभरि भएका हाम्रा दाजुभाइ दिदीबहिनीहरूको लागि SGC पाठश्रृङ्खलाहरूको अनुवाद र प्रकाशन गर्नको लागि समर्थन गर्दछ।